चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एपेक उद्योग वाणिज्य नेतागण शिखर सम्मेलनलाई लिखित सम्बोधन
2023-11-17 04:56:22cri
Share with:

स्थानीय समय नोभेम्बर १६ तारिख विहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एपेक उद्योग वाणिज्य नेतागण शिखर सम्मेलनमा लिखित सम्बोधन गर्नुभएको छ। 

संयुक्त चुनौतीको सामनामा, एशिया प्रशान्त सहयोगको नयाँ अध्यायविषयमा  सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले औँल्याउँदै ३० वर्ष अगाडि एशिया प्रशान्त क्षेत्रका नेतागणले शान्ति र विकासको मागअनुसार, पहिलो एपेक सम्मेलनको आयोजना गरेको स्मरण गराउनु भएको छ। यसले एशिया प्रशान्तको विकास र आर्थिक विश्वव्यापीकरण द्रुत गतिले विकास भएर एशिया प्रशान्त विश्वको आर्थिक वृद्धि केन्द्र बनाएको उहाँले बताउनुभएको छ।

यस वर्षयता, चिनियाँ आर्थिक विकास निरन्तर पुनःउत्थान भएर उच्च गुणस्तरीय विकास स्थिर रूपमा चालेको, चीन सधैं विश्व आर्थिक विकासको सम्बन्ध ठूलो इन्जिन भएको राष्ट्राध्यक्ष सीले व्यक्त गर्दै चीनले खुलापनलाई कायम राख्ने, दृढताका साथ चीनमा बजारकरण, कानुनी शासन र अन्तर्राष्ट्रियकरण भएको व्यापारिक वातावरण निर्माण गर्ने बताउँदै सम्मान रूपमा विदेशी व्यवसायीलाई उत्कृष्ट सेवा प्रदान गर्ने बताउनुभएको छ। चिनियाँ शैलीको आधुनिकिकरणको उद्देश्य १अर्व ४० करोड चिनियाँहरू अझ राम्रो जीवन बिताउन सक्ने बनाउने भएकाले यसबाट विश्वलाई व्यापक बजार र सहयोगात्मक मौका प्रदान गरिने राष्ट्राध्यक्ष सीले जोड दिंदै विश्व उद्योग वाणिज्य दलले सक्रिय रूपमा चिनियाँ शैलीको आधुनिकिकरण निर्माणमा भाग लिन स्वागत गर्ने कुरामा जोड दिनुभयो।