#ChinaMediaGroupCMG अमेरिकी हाइ स्कुलका विद्यार्थीको विशेष उपहार
2023-11-17 16:06:33cri
Share with:

नोभेम्बर १६ तारिख सीएमजी र अमेरिका-चीन युवा विद्यार्थी आदानप्रदान संघलगायत दलहरूले अमेरिका सान फ्रान्सिस्कोमा “चीन-अमेरिका मानवीय आदान-प्रदान मैत्रीपूर्ण संवाद” कार्यक्रमको आयोजना गरेका छन्। अमेरिकी वाशिन्टन राज्यको टाकोमा नगरको लिंकन हाई स्कूल कोयरका विद्यार्थीले राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनलाई हाते चित्र तयारी गरी जन्म दिवस कार्ड र कोरल गीतको रूपमा फङ लियुआनलाई जन्म दिवसको शुभकामना ज्ञापन गरेका छन्। सीएमजीका महानिर्देशकले फङ लियुआनको सट्टामा उक्त उपहार पाउनुभएको छ।

विद्यार्थी प्रतिनिधि मोन्टसेराट रोमेरो-रोचाले ठूलो स्क्रिनमा राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लियुआनले ८ वर्षअघि लिंकन हाइ स्कुलको भ्रमण गर्नुभएको भिडियो हेर्दै सबै हर्षोल्लासमा भएको भिडियोमा उहाँहरूले परिवारका सदस्य जस्तै पहुँचयोग्य भएर सबैलाई चिनियाँ भाषा सिकाउनुका साथै सँगै चिनियाँ गीत गाउनुभएको व्यक्त गर्नु भएको छ।

विद्यार्थी प्रतिनिधि इसाइयाह लोङले लिंकन हाइ स्कुल र चीनबीच घनिष्ट सम्बन्ध रहेको भन्दै राष्ट्राध्यक्ष सी चिनफिङले भ्रमण गर्दा हजारौँ पुस्तक पढ्नुका साथै हजारौँ माइल यात्रा पनि गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले स्कुललाई पुस्तक अनुदान गर्नुका साथै चीनको भ्रमण गर्न विद्यार्थीलाई मौका प्रदान गर्नुभएको छ जुन चीन बुझ्ने झ्याल बनेको इसाइयाह लोङले बताउनुभयो। भविष्यमा चिनियाँ साथीसँग आदान-प्रदान गर्ने अरू मौका हुने आशा आफूले लिएको छ र हामीसँगै अझ राम्रो भविष्यतिर हिँड्ने पनि उहाँले व्यक्त गर्नु भएको छ।