चीनमा अध्ययरत बेनिनका विद्यार्थी डेभिडद्वारा चीनको विकास ढाँचाको प्रशंसा
2023-11-17 09:16:00CRI
Share with:

बेनिनबाट चीनमा अध्ययन गर्न आएका विद्यार्थी डेभिडले चीनमा धेरै अनुभव बटुलेका छन्। उनले चीनमा सिकेको ज्ञान र प्रविधिलाई बेनिनमा पुर्याउने र बेनिनको कृषि क्षेत्रको विकास गर्ने अपेक्षा लिएका छन्।

 

एघार वर्षअघि चीन आउँदाको अवस्थाको सिँहावलोकन गर्दै डेभिडले त्यस अवधिलाई बिर्सन नसक्ने बताए। बेनिन पश्चिमी अफ्रिकामा पर्दछ। बेनिनको मौसम, खानेकुरा र आनीबानी चीनसित फरक छ। चीन आउनुअघि कुनै पनि चिनियाँ भाषा नसिकेको डेभिडका लागि अध्ययन गर्न चीन आउनु एक साहसी छनौट थियो। डेभिडले यो उनको परिवारको साझा छनौट भएको बताए। डेभिड भन्छन् “एक दिन मेरा बुबाआमाले मलाई फोन गर्दै म सफलताका साथ छनौट भएको भन्नुभयो। मैले अध्ययन गर्न विदेश जाने र बेनिनको परियोजनामा संलग्न हुने मौका पाएँ। बुबाआमाले भन्नुभएअनुसार, उहाँहरूले परिवारका सदस्यहरूसँग सहमति प्राप्त गर्नुभयो। मेरो इच्छा रहेमा उहाँहरूले मलाई चीन पठाउने बताउनुभयो।” 

फु चेन कृषि तथा वनस्पति विश्वविद्यालयमा एक प्रसिद्ध अनुसन्धानकर्ता अर्थात् च्युन छाउ प्रविधिका आविष्कारक लीन चानसी हुनुहुन्छ। डेभिड प्राध्यापक लीनका विद्यार्थी होइन तर अध्ययन क्रममा डेभिड धेरै पटक च्युन छाउ प्रविधिको प्रचारमा संलग्न भए। साथै उनले च्युन छाउ प्रविधिको तालिममा सहभागी हुन चीन आएका विकासोन्मुख मुलुकका विद्यार्थीहरुका लागि फ्रान्सेली भाषाको अनुवादकको रूपमा सहयोग गरे। धेरै वर्षदेखि उनी विश्वमा फैलिएको च्युन छाउ प्रविधिको साक्षी बनेका छन्। उनी भन्छन् “विकासोन्मुख मुलुकहरूका लागि च्युन छाउ प्रविधिको ठूलो भूमिका छ। तालिम लिन चीन आएका विद्यार्थीहरूले यहाँ च्युन छाउको रोपाई प्रविधि सिकेका छन्। उनीहरूले स्वदेश फर्केपछि मसँग सम्पर्क गरेका छन्। उनीहरूले आफ्नो देशमा च्युन छाउ रोपेका छन्। उनीहरूले राम्रो आर्थिक फाइदा गरेका छन्।”

 

चीन सरकारले बेनिनसँग कृषि क्षेत्रको सहयोगमा महत्व दिएको छ। डेभिडकाअनुसार, चीन र बेनिनबीचको कृषि सहयोगले हासिल गरेको प्रशस्त उपलब्धि देखेपछि उनले भविष्यमा चीनमा सिकेको ज्ञान र प्रविधिलाई बेनिन पुर्याउने र आफ्नो देशको कृषि क्षेत्रको विकासमा सहयोग गर्ने आशा लिएका छन्। उनी भन्छन् “कृषि प्रविधिबाट हेर्दा यहाँको प्रविधि मेरो देशको परम्परागत प्रविधिभन्दा फरक छ। मेरो देश नयाँ ढाँचातर्फ लम्कनुपर्छ। मेरो देशमा कृषि उपजको उत्पादन मात्रा पनि कम छ। मेरो देशको रोपाई तरिका परम्परागत युगमा छ। यहाँको प्रविधिलाई मेरो देशमा पुर्याउने हो भने एक राम्रो विकासको मौका पाउने छ।” 

चीन र बेनिन बीच गहिरो परम्परागत मित्रता छ। सन् २०२२ मा दुई मुलुकले दौत्य सम्बन्ध पुनःस्थापना भएको पचासौँ वार्षिकोत्सव मनाएका थिए। सन् २०२३ अगष्ट ३१ तारिखदेखि सेप्टेम्बर ३ तारिख बेनिनका राष्ट्रपति टालोनले चीनको राजकीय भ्रमण गर्नुभएको थियो। राष्ट्रपति टालोनले धेरै पटक चीनको विकास ढाँचाको प्रशंसा गर्नुभएको छ। एघार वर्षदेखि चीनमा बसेका विदेशी विद्यार्थीको हैसियतमा डेभिडले चीनको आधुनिकीकरणले अरु विकासोन्मुख मुलुकहरूलाई आर्थिक तथा सामाजिक प्रगतिमा सहयोग पुर्याउनसक्ने अपेक्षा लिएका छन्।