चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मेक्सिकोका राष्ट्रपतिसँग भेटवार्ता
2023-11-17 02:14:41cri
Share with:

स्थानीय समय नोभेम्बर १६ तारिख विहान,चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा उहाँले राष्ट्रपति लोपेजसँग  खुशी व्यक्त गर्दै १० वर्ष अगाडि मेक्सिको भ्रमणमा, मेक्सिकोको सुन्दर इतिहास र हार्दिक जनताको आफूमा गहिरो छाप परेको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। उहाँ सत्तारूढ गर्नुभएको ५ वर्षयता, मेक्सिको सरकार र जनताको नेतृत्व गरी राष्ट्रिय विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएकाले राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना दिनुभएको छ।

चीन र मेक्सिकोबीचको मित्रताले लामो समय बिताएर अझ दृढ भएको राष्ट्राध्यक्ष सीले भन्दै चीन-मेक्सिको सम्बन्धमा उच्च ध्यान दिएर दुई मुलुकको सम्बन्ध नयाँ पाइला सारिने आशा बताउनुभएको छ।