चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा फिजीका राष्ट्रपतिसँग भेटवार्ता
2023-11-17 03:54:59CRI
Share with:

स्थानीय समय नोभेम्बर १६ तारिख विहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा फिजीका राष्ट्रपति सितिभेनी राबुकासँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले गत शताब्दीको ९० दशकमा राष्ट्रपति फिजीका प्रधानमन्त्रीको पदमा रहनुहुँदा चीनको भ्रमण गर्नुका साथै चीन-फिजी सम्बन्धको विकासमा सक्रिय योगदान दिनुभएको बताउनुभएको छ। वर्तमान समयमा विश्वमा ठूलो परिवर्तन भए तापनि चीनले अपनाएको ठूलो सानो मुलुक समान भएको कुटनीतिक नीति परिवर्तन नभएको भन्दै राष्ट्राध्यक्ष सीले चिनियाँ जनताले फिजी जनताबीचको मित्रता पनि परिवर्तन नभएको बताउनुभएको छ।