केही दिनअघि अमेरिकामा रहेका पान्डा दम्पत्ती वाशिंटनमा जन्मेको आफ्नो बच्चासँगै चीन फर्केका थिए। धेरै अमेरिकी सर्वसाधारणले विदाइ गर्दा नयाँ पान्डा अमेरिका बस्ने अपेक्षा गरेका थिए। स्थानीय समयअनुसार, १५ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा अमेरिकी मैत्रीपूर्ण दलबाट आयोजित स्वागत भोजमा उपस्थित हुँदा त्यसबारे कुराकानी गर्दै अमेरिकासँग पान्डा संरक्षणमा सहकार्य गरेर दुई देशका जनताबीचको मैत्रीपूर्ण भावनालाई बढाउने इच्छा आफूले लिएको व्यक्त गर्नुभयो।
सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अमेरिका सम्बन्धको स्वस्थ विकासमा जनताको महत्वपूर्ण भूमिका हुने कुरा धेरै पटक दोहोर्याउनुभयो। उहाँले दुई देशका जनताबीचको आदानप्रदानबाट चीन-अमेरिका सम्बन्ध पटक पटक गरी सही बाटोमा ल्याइएको भन्दै चीन र अमेरिकाबीचको बाटो भिन्न भएपनि सबै जनताको छनोट र समस्त मानवजातिको साझा मूल्यसँग मिल्ने भएकाले सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो। सहभागीहरूले दश पटकभन्दा बढी चोटी न्यानो ताली बजाएका छन्।
सही हो, देशबीचको सम्बन्ध नै जनताबीचको सम्बन्ध हो। नयाँ युगमा चीन र अमेरिकाका जनताबीचको मित्रता कसरी अरू विकास हुनेछ त?
सर्वप्रथम च्यानल सुचारू हुनुपर्छ। यसपटक दुई राष्ट्रनायकबीच सहमति भएको छ कि दुई देशले मानवीय आवतजावत, मानवीय आदानप्रदानलाई सुविधा प्रदान गर्न अरू कदमहरू चाल्नेछन् त्यसमा आगामी वर्षको सुरूमा हवाई उडान, पर्यटनको उच्च तहको संवाद, भिसा आवेदन प्रकियाको सुधारलाई बढाउने विषय समावेश छन्।
यसबाहेक भिन्नतालाई आरक्षित गरी साझा आधार खोज्नुका साथै सहयोगलाई अरू बढाउनुपर्छ। यसअघि अमेरिकी सरकारले डिकप्लिङलाई प्रोत्साहन गरिरहेको थियो तर दुई देशको लोक क्षेत्रबीचको आर्थिक तथा व्यापारिक आदानप्रदान निकै बलियो भइरहेको देखिन्छ। जसबाट डिकप्लिङ अमेरिकाका व्यावसायिक क्षेत्रको छनोट होइन तर सहयोग र साझा फाइदा नै प्रमुख प्रवाह भएको कुरा देखिएको छ।
सान फ्रान्सिस्को चीन र अमेरिकी जनताबीच आवत जावत इतिहासको साक्षी हो, हाल चीन र अमेरिकाबीच जनस्तरीय आवत जावतको नयाँ यात्रा पनि प्रमाणित गरेको छ। स्थिति जसरी परिवर्तन भए चीन र अमेरिकी जनताको आदान प्रदान र सहयोगको इच्छा परिवर्तन हुँदैन। सान फ्रान्सिस्कोबाट चीन र अमेरिका सम्बन्धको नयाँ यात्रा सुरू भएको छ र झनै बढी मानिसले त्यसलाई स्वागत गरेका छन् जुन चीन र अमेरिकाबीच सम्बन्ध सुधार र विकास हुने सबैभन्दा दृढ शक्ति हो।