सी चिनफिङले चीन-अमेरिका नेतास्तरीय भेटघाट र एपेक नेताको अनौपचारिक सम्मेलनमा उपस्थिति जनाएकोबारे वाङ यीद्वारा जानकारी
2023-11-18 20:32:06cri
Share with:

सन् २०२३ नोभेम्बर १४देखि १७ तारिखसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान फ्रान्सिस्कोमा चीन-अमेरिका शीर्ष नेतास्तरीय वार्तामा भाग लिनुका साथै एपेकको तीसौँ नेतागण अनौपचारिक सम्मेलनमा उपस्थिति जनाउनुभयो।

 

चीनका परराष्ट्रमन्त्री वाङ यीले पत्रकारलाई त्यसबारे जानकारी दिँदै हाल विश्वसमक्ष कुनै समयमा नदेखिने ठूलो परिवर्तनको अवस्था देखिएको बताउँदै चीन-अमेरिका सम्बन्ध कता जानेबारे दुई देशका जनताको नजर र अन्तर्राष्ट्रिय समूहको ध्यान तानेको व्यक्त गर्नुभयो।

 

उहाँले यस वर्ष एपेक नेतास्तरीय भेला भएको तीसौँ वार्षिकोत्सव हो भने एपेकको अर्को तीस वर्ष कता जाने भन्नेबारे विभिन्न पक्षले पनि विचार विमर्श गरिरहेको उल्लेख गर्नुभयो। यसै महत्वपूर्ण समयमा राष्ट्राध्यक्ष सी चिनफिङले प्रशान्त पार गरी सान फ्रान्सिस्कोको भ्रमण गर्नुभएको छ र राष्ट्रपति बाइडेनसँग वार्ता गर्दै अमेरिकाका विभिन्न पक्षसँग आदान-प्रदान गरी सहमति जुटाउनुभएको छ।

 

एपेक नेताको अनौपचारिक सम्मेलनमा उपस्थित भएर सीले एशिया तथा प्रशान्त क्षेत्र सहयोगको मार्गनिर्देश गरेको पनि वाङ यीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समूहको व्यापक अनुमान अनुसार, यस उल्लेखनीय भ्रमणको ठूलो उपलब्धि र गहिरो अर्थ रहेको छ र चीन-अमेरिका सम्बन्धलाई स्थिरता र एशिया तथा प्रशान्तको सहयोगलाई नयाँ शक्ति र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्थितिलाई सक्रिय शक्ति प्रदान गरिएको छ। यसबाट राष्ट्राध्यक्ष सी चिनफिङकोको दूरदर्शिता र संसारलाई मन पर्ने ठूलो मुलुकको नेताको नेतृत्व शैली पनि देखिएको वाङ यीले व्यक्त गर्नुभयो।

 

वाङ यीका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणले नयाँ अवधिमा चीन-अमेरिका सम्बन्धलाई दिशानिर्देश गर्ने, दुई देशका जनताको शक्ति संकलन गर्ने, एशिया तथा प्रशान्त क्षेत्र सहयोगको मौलिक लक्ष्यलाई प्रचार गर्ने र चीनको विकास बाटो अवधारणाबारे व्याख्या गर्नुभएको छ।