३०औँ एपेक आर्थिक सहयोगात्मक नेतास्तरीय बैठक सान फ्रान्सिस्कोमा सम्पन्न
2023-11-18 16:44:38cri
Share with:

३०औँ एपेक आर्थिक सहयोगात्मक नेतास्तरीय बैठक १७ तारिखमा सान फ्रान्सिस्कोमा सम्पन्न भयो। बैठकले "२०२३ एपेक सान फ्रान्सिस्को घोषणा" जारी गर्यो।

 

घोषणापत्रले यस क्षेत्रको विशाल सम्भाव्यता र जीवन्ततालाई विस्तृत पार्न, आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न र जलवायु परिवर्तन लगायत सबै वातावरणीय चुनौतीहरूलाई सामना गर्न प्राविधिक र आर्थिक प्रगतिको लाभ उठाउनै पर्ने कुरामा जोड दिएको छ।

 

पेरुले अर्को वर्ष एपेकको  घुमाउरो अध्यक्षता लिने छ। पेरुका राष्ट्रपति बोरुआर्टेले २०२४ मा लैङ्गिक समानताको प्रवर्द्धन जारी राख्ने, राजनीतिक, सामाजिक र रोजगारीका क्षेत्रमा महिलालाई सम्मान गर्ने र युवा तथा बालबालिकालाई विकास प्रक्रियामा अझ बढी सहभागी हुन प्रोत्साहित गर्न आफ्नो अपेक्षा रहेको बताउनुभएको छ।