सी चिनफिङ चीन-अमेरिकी नेताबीचको बैठक र ३०औँ एपेक बैठकमा भाग लिएर स्वदेश फिर्ता
2023-11-18 19:58:09cri
Share with:

नोभेम्बर १८ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ चीन-अमेरिकी नेता बीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिएर विशेष विमानबाट पैचिङ फर्कनुभएको छ।


स्थानीय समयअनुसार नोभेम्बर १७ तारिख दिउँसो सी चिनफिङले सान फ्रान्सिस्को छोड्दा सान फ्रान्सिस्कोका मेयर ब्रीड र अन्य अमेरिकी प्रतिनिधिहरूले विमानस्थलमा पुगेर बिदाई गरेका थिए। विमानस्थल जाने क्रममा बाटोभरि सडकको दुबै छेउमा जम्मा भएका आप्रवासी चिनियाँ तथा चिनियाँ विद्यार्थीका प्रतिनिधिले चीन र अमेरिकाको राष्ट्रिय झण्डा फहराएर राष्ट्राध्यक्ष सी चिनफिङलाई न्यानो बिदाई गरेका थिए।


यसैगरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रशासनिक कार्यालयका निर्देशक छाई छी, चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र अन्य कर्मचारीहरू पनि सोही विमानबाट स्वदेश फर्किनुभयो।