‘चीनमा स्वागत छ’ भन्ने चिनियाँ राष्ट्राध्यक्षको भनाई
2023-11-19 15:34:23CRI
Share with:

सन् २०२३ नोभेम्बर १४ देखि १७ तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले  अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चीन-अमेरिकी राष्ट्रनायक बैठकमा भाग लिनुका साथै ३०औं एपेक नेतास्तरीय अनौपचारिक बैठकमा भाग लिनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङका धेरै अमेरिकी नागरिक साथीहरू छन्। अमेरिकी मित्रता समूहहरूको संयुक्त स्वागत भोजमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, "चीन-अमेरिका सम्बन्धको कथा जनताले लेखेको हो।"

 

यस अमेरिकाको भ्रमणको क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अमेरिकाका जनता विशेष गरी युवा पुस्ताबीचको आदान-प्रदान विस्तार गर्न चीनले आगामी पाँच वर्षमा ५० हजार अमेरिकी किशोर-किशोरीहरूलाई चीनमा आदानप्रदान र अध्ययन गर्न निम्तो दिने घोषणा गर्नुभएको छ।