चीनद्वारा ५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग अन्तरिक्ष सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य
2023-11-20 15:01:51CRI
Share with:

चीनले ५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग अन्तरिक्ष सम्झौतामा हस्ताक्षर गरेको छ। हाल जारी सन् २०२३ अन्तरिक्ष प्रविधिको शान्तिपूर्ण सदुपयोग सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीबाट उक्त जानकारी प्राप्त भएको हो। साथै सक्रियताका साथ अन्तरिक्ष सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य चलाउँदै जाने बताइएको छ। 

राष्ट्रिय अन्तरिक्ष व्युरोका सम्बद्ध जिम्मेवार व्यक्तिका अनुसार, चीनले सधैँ नै समान, आपसी हितयुक्त र शान्तिपूर्ण सदुपयोग गर्ने आधारमा अन्तरिक्षको सर्वेक्षण र सहकार्य चलाउँदै आएको छ। केही समयअघि चीनले प्रस्तुत गरेको र अन्य धेरै मुलुकसँगै मिलेर निर्माण गरेको अन्तर्राष्ट्रिय चन्द्रमा वैज्ञानिक अनुसन्धान केन्द्रमा बेलारूस र पाकिस्तान यी दुईवटा नयाँ सदस्यहरू पनि सहभागी भएका छन्।

 

सो जिम्मेवार व्यक्तिका अनुसार, चीनको फङ युन जलवायु उपग्रहले विश्वका ११५ वटा मुलुक र क्षेत्रका लागि डाटा सेवा प्रदान गरेको छ भने छाङ अ ४ नम्बर उपग्रहले देशी र विदेशी वैज्ञानिकहरूलाई अन्तरिक्षको सर्वेक्षण गर्न र वैज्ञानिक परीक्षण चलाउने चौतारो पनि उपलब्ध गराएको छ।