विश्वको उच्च प्रविधि सँगसँगै अनुभव गरौँ!
2023-11-20 10:21:00cri
Share with:

नोभेम्बर १९ तारिख २५ ँ चीन अन्तर्राष्ट्रिय उच्च प्रविधि व्यापार मेला चीनको शनचन सहरमा सम्पन्न भएको छ। चिनियाँ प्रविधि क्षेत्रमा सबैभन्दा ठूलो मानिने यस उच्च प्रविधि व्यापार मेलाला चीनको प्राविधिक व्यवसायको विकासको प्रतिक मानिन्छ। साथै यो २५ वर्षदेखि चिनियाँ प्राविधिक सिर्जनाको साक्षीसमेत हो।

 सिर्जनात्मक जीवन्त शक्तिलाई प्रोत्साहित गरेर विकासको गुणस्तरलाई उकास्नेनारा बोकेको यस उच्च प्रविधि व्यापार मेलाले १०५ वटा मुलुक र क्षेत्रका ४ हजारभन्दा बढी व्यवसायलाई कर्षित गरेको छ। पाँच दिनसम्म चलेको यस मेलामा ६८१ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो। १९ तारिखसम्म जम्मा कारोबार रकम ३७ अर्ब २७ करोड चिनियाँ युन पुगेको छ साथै अन्तरदेशीय कारोबार रकम मात्र २ अर्ब ६६ करोड चिनियाँ युन पुगेको छ।

 उच्च प्रविधि व्यापार मेला चिनियाँ प्रविधि उत्पादन तथा सिर्जनाको साक्षी बन्नुका साथै धेरै व्यवसायको विकासको पनि साक्षी बनेको छ। मेलाले यी व्यवसायलाई सहयोग गर्ने तथा बजारलाई विस्तृत पार्ने अन्तर्राष्ट्रिय चौतारोको स्थापना गरेको छ।