बंगलादेशमा डेङ्गु ज्वरोबाट १५ सयभन्दा बढीको मृत्यु
2023-11-20 16:03:50cri
Share with:

बंगलादेश स्वास्थ्य सेवा व्यूरोबाट प्रकाशित तथ्याङ्क अनुसार, चालू वर्ष डेङ्गु ज्वरोका कारण बिरामी ३ लाख १ हजार २ सय ५५ पुगेकोमा मृतकको संख्या १ हजार ५ सय ४९ पुगेको छ।

चालु वर्ष बंगलादेशमा रेकर्ड भएदेखि सबैभन्दा गम्भीर डेङ्गु ज्वरो महामारी फैलिएको थियो। डब्लुएचओबाट प्रकाशित सूचनामा बंगलादेशमा वर्षा भएर उच्च तापक्रम र आर्द्रताबाट लामखुट्टेको मात्रा बढेको छ।

महामारीको प्रतिरोध गर्न चीनले बंगलादेशलाई आपतकालीन सहायता यसै महिना बंगलादेश पठाएको थियो।