आफ्नो गाडीबाट चीनको यात्रा गर्ने कोलम्बियाली भ्लगरको कथा-१
2023-11-20 10:11:46cri
Share with:

 

कोलम्बियाका भ्लगर फर्नाण्डो बर्नल २० वर्षअघिदेखि चीनमा बस्दै आउनुभएको छ। हाल उहाँ आफ्नो श्रीमतीसँग आफ्नै गाडीबाट चीनको यात्रा गर्दै हुनुहुन्छ। यस पटकको चीनको यात्राबारे उहाँको कस्तो अनुभव छ?

 

तपाईँले सुनिरहनुभएको आवाज गत वर्षको प्रारम्भमा कोलम्बियाका भ्लगर फर्नाण्डो बर्नल र उहाँकी श्रीमतीले गाडीबाट चीनको यात्रा गर्दा एउटा भिडियो वेबसाइटमा प्रसारण गरिएको भिडियोको आवाज हो। विगत एक वर्षयता उहाँहरुले चीनका धेरै ठाउँहरु घुम्नुभएको छ।

आगामी वर्षको ग्रीष्म ऋतुमा मैले हाम्रो यात्राबारे एउटा वृत्तचित्र बनाउने छु। मैले आगामी वर्षको चीनको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यसलाई इन्टरनेटमा हाल्ने छु, जुन मैले चीनलाई दिने उपहार हुनेछ।

 

फर्नाण्डो बर्नल कोलम्बियाको विश्वविद्यालयमा अंग्रेजी भाषा पढाउनुहुन्थ्यो। सन् २००० को अन्त्यमा उहाँ चीन आउनुभयो। उहाँले चीनमा दुई तीन वर्षसम्म बस्ने योजना बनाउनुभएको थियो तैपनि २० वर्षसम्म बसिन्छ होला भन्ने उहाँ स्वयंलाई पनि लागेको थिएन।

मैले थाइल्याण्ड घुमेको थिएँ। त्यहाँ राम्रो थियो, तर तलब कम थियो। यसका साथै चीनमा काम गर्ने धेरै अवसर पाएको थिएँ। त्यसैले मैले चिनियाँ विद्यालयमा पढाउने निवेदन पेश गरेपछि एउटा काम पाएको थिएँ। तत्काल चीन आउँदा चीनबारे कुनै पनि पहिचान थिएन।

 

कोलम्बिया र चीन बीचको दूरी धेरै लामो छ। त्यस बेला चीनबारे कोलम्बियाका जनतामा कम जानकारी थियो। चीन आउँदा हरेक पटक आफ्नो परिवारसँग सम्पर्क गर्दा मुख्य विषय उहाँको चीन बसाईको स्थितिसँग सम्बन्धित थियो। तर उहाँको चीन बसाईको क्रममा कामको विकास भएको परिप्रेक्षमा उहाँको परिवारको चिन्ता पनि घट्दै थियो।

समय बित्दै आएको परिप्रेक्षमा मेरा आफन्त तथा साथीहरुले यहाँ मैले हासिल गरेको प्रगति र मेरो सुखमय जीवन देख्दा उनीहरुको चिन्ता पनि हट्यो। हाम्रो कुराकानीको मुख्य विषय पनि अरु विषयमा परिवर्तन भयो। लामो समयसम्म मेरो चीनको जीवनबारे चर्चा गरिएको छैन।