चालु वर्षका अघिल्ला १० महिनामा चीनद्वारा ९ खर्ब ८७ अर्ब १ करोड चिनियाँ युआनको विदेशी पूँजीको प्रयोग
2023-11-20 15:11:23CRI
Share with:

चालु वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म चीनमा नयाँ स्थापना गरिएका विदेशी पूँजीद्वारा सञ्चालित व्यवसायको संख्या ४१ हजार ९ सय ४७ पुगेका छन्। जुन गत वर्षको सोहि अवधिको तुलनामा ३२.१ प्रतिशतले वृद्धि भएको छ। वास्तविक रूपमा प्रयोग गरिएको विदेशी पूँजीको कुल रकम ९ खर्ब ८७ अर्ब १ करोड चिनियाँ युआनले भने गत वर्षको दाँजोमा ९.४ प्रतिशतले घटेको देखिन्छ।

 

वाणिज्य मन्त्रालयबाट प्राप्त पछिल्लो तथ्याङ्कका अनुसार, निर्माण व्यवसायमा प्रयोग गरिएको विदेशी पूँजीको कुल रकम २ खर्ब ८३ अर्ब ४४ करोड चिनियाँ युआन पुगेकोले गत वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भएको छ। सेवागत व्यवसायमा प्रयोग गरिएको विदेशी पूँजीको कुल रकम मात्र ६ खर्ब ७२ अर्ब १० करोड चिनियाँ युआन पुगेकोले गत वर्षको दाँजोमा १५.९ प्रतिशतले झरेको छ।

 

यसका अतिरिक्त घर जग्गा व्यवसाय, अनुसन्धान-विकास र डिजाइन सेवा व्यवसायहरूमा प्रयोग गरिएको विदेशी पूँजीको रकम गत वर्षको तुलनामा क्रमशः ३० प्रतिशत र १५.९ प्रतिशतले वृद्धि भएको देखिन्छ।