चिनियाँ कम्पनीबाट सुनकोसी मरिन सुरूङ खन्ने कार्यको १० किलोमिटर पूरा
2023-11-20 16:21:56cri
Share with:

नोभेम्बर १८ तारिख चिनियाँ कम्पनीले गरिरहेको नेपालको सुनकोशी-मरिन भागको डाइभर्सन सुरूङ खन्ने कार्यमध्येको १० किलोमिटर पूरा भएर ठूलो प्रगति हासिल गरिएको छ।

नेपालको सुनकोशी–मरिन डाईभर्सन सुरूङ आयोजनाको डिजाइन लम्बाई १३.३ किलोमिटर छ र यो विश्वमा पहिलो डबल शिल्ड सुरुङ हो। हालसम्म उक्त आयोजनाको मुख्य कार्यको ७५ प्रतिशत भाग पूरा भएको छ जुन निर्धारित योजनाभन्दा ५ महिना छिटो नै भएको छ। विविध किसिमको भौगोलिक कठिनाइलाई पार गरिएको सुनकोशी-मरिन डाईभर्सन सुरू भएको आयोजनाको निर्माण पूरा भएपछि नेपालमा सबभन्दा महत्वपूर्ण नदी डाईभर्सन सिंचाइ प्रतिबन्ध बन्ने प्रक्षेपण गरिएको छ।