डब्ल्यूएचओद्वारा गाजा स्ट्रिपका आधारभूत पूर्वाधारमा आक्रमण रोक्नकालागि फेरि पनि आह्वान
2023-11-20 14:26:58CRI
Share with:

नोभेम्बर १९ तारिख विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभामा प्यालेस्टिनी गाजा स्ट्रिपमा शत्रुतापूर्ण क्रियाकलाप र मानवीय प्रकोपको अन्त्य गर्न र अस्पताल तथा अन्य आवश्यक आधारभूत पूर्वाधारहरूमा आक्रमणहरू रोक्न फेरि पनि आह्वान गरेको छ।

डब्ल्यूएचओले ठूलो मात्रामा दिगो र निर्बाध मानवीय सहायताकालागि आह्वान गरेको छ र द्वन्द्वका पक्षधरहरूलाई तत्काल युद्धविराम गर्न तथा सबै बन्धकहरूलाई बिना शर्त रिहाइकालागि आह्वान गरेको छ।