संयुक्त राष्ट्र संघअन्तर्गत सुरक्षा परिषद्मा चीनद्वारा दिगो शान्तिलाई अघि बढाउने खुला बहसको अध्यक्षता
2023-11-21 14:27:58cri
Share with:

संयुक्त राष्ट्र संघअन्तर्गत सुरक्षा परिषद् नोभेम्बरको वर्तमान अध्यक्ष मुलुक चीनले २० तारिख संयुक्तरूपमा दिगो शान्तिको विकास गर्ने खुला बहसको अध्यक्षता गरेको छ। चिनियाँ प्रतिनिधिले चीनले यस खुला बहसको योजनाको ह्वान गर्दै अझ गहिरो र अझ विस्तृत दृष्टिकोणबाट सुरक्षा समस्याको सामना गर्ने, विकासमार्फत शान्तिलाई अघि बढाउने, र दिगो शान्ति प्राप्त गर्न सबै सशक्त उपायको खोजी गर्ने बताएका छन्।

संयुक्त राष्ट्र संघकालागि चिनियाँ स्थायी प्रतिनिधि चाङ चुनले सुरक्षा परिषद् कार्यसूचीमा रहेका समस्या धेरैजसो विकासोन्मुख मुलुकमा उत्पन्न भएको र विपन्नता, असन्तुलित विकास यी मुलुकमा देखिएका साझा समस्या भएको बताउनुभयो। उहाँले यस्ता समस्या हटाउनकालागि पसी सम्मान, साझा विकास, अन्तर्राष्ट्रिय शान्तिको संरक्षणजस्ता उपयोगी तरिकाहरू भएको व्यक्त गर्नुभएको छ।