चीन र अमेरिकाबीच थप उडानको नयाँ चरणपछि चिनियाँ एयरलाइन्सको पहिलो उडान
2023-11-21 14:55:52CRI
Share with:

पैचिङ समय अनुसार, नोभेम्बर २१ तारिख अपरान्ह १२ बजेर ३५ मिनेट जाँदा एयर चाइनाको सीए ८१७ यात्रुबाहक विमानले पैचिङ राजधानी विमानस्थलबाट वासिङ्टन डीसीका लागि उडान भरेको छ। यो चीन र अमेरिकाबीचको नियमित यात्री उडानको नयाँ चरण शुरू भएपछि चिनियाँ एयरलाइन्सद्वारा संचालित पहिलो उडान पनि हो।

नोभेम्बर ९ देखि चीन र अमेरिका बीच सीधा नियमित यात्री उडानहरूको संख्या फेरि पनि बढाइएको छ। सन् २०२३/२०२४ को जाडो र वसन्त यामका लागि हरेक हप्ता ७० वटा उडानसम्म थपिएका छन् जहाँ चीन र अमेरिकी एयरलाइन्सले प्रतिहप्ता ३५/३५ वटा उडानहरू सञ्चालन गर्ने छन्। नोभेम्बर १३ तारिख नयाँ चरणमा थपिएको पहिलो अमेरिकातर्फको उडान अमेरिकी एयरलाइन्सद्वारा संचालित यूए ८८९ थियो जुन पैचिङ राजधानी विमानस्थलबाट प्रस्थान गरेको थियो।