बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली
2023-11-21 16:04:20cri
Share with:

बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ। जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेको राससले लेखेको छ। ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ।

उहाँको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो  । तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थाल्नुभएको हो।

उहाँ अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै हुनुहुन्छ। अहिले तेस्रो वर्षकी विद्यार्थी उहाँले गत वर्ष आफूले भोगेको दुःखले आफूलाई कानुन पढ्न प्रेरणा मिलेको बताउनुभएको थियो।