चीन-प्यालेस्टाइन दौत्य सम्बन्ध स्थापना भएको ३५ औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देशको आदानप्रदान
2023-11-21 14:13:34CRI
Share with:

नोभेम्बर २० तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक आयोगका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले प्यालेस्टाइनी विदेशमन्त्री रियाद अल मल्कीसँग दौत्य सम्बन्ध स्थापना भएको ३५ औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

बधाई सन्देशमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले यसरी भन्नुभयोः ३५ वर्षअघि दौत्य सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सधैँ स्वस्थ र स्थिर रुपमा विकसित हुँदै आएको छ र दुई देशका जनताबीचको मित्रता पनि अझ प्रगाढ बन्दै गइरहेको छ। प्यालेस्टाइनी जनताको वैधानिक राष्ट्रिय अधिकार पुनःस्थापनाको न्यायोचित कार्यलाई चीनले सदैव दृढतापूर्वक समर्थन गरिरहेको छ र गाजाको वर्तमान परिस्थितिमा निकै ठूलो ध्यान दिइरहेको छ। तुरून्तै युद्ध विराम गर्दै सर्वसाधारणको रक्षा गरेर मानवीय परिस्थितिलाई लचिलो बनाउने अडान चीनले लिइरहेको छ। दुई देशको प्रस्तावको कार्यन्वयन गर्दै चाँडै नै चौतर्फी, न्यायोचित, दीर्घकालीन रूपमा प्यालेस्टाइन समस्याको समाधान गर्नका लागि अथक प्रयास गर्दै जाने चीनको धारणा छ।

सन्देशमा प्यालेस्टाइनी विदेश मन्त्री मल्कीले यसरी भन्नुभयोः गत जुन महिनामा पैचिङमा राष्ट्रपति अब्बास र राष्ट्राध्यक्ष सी चिनफिङबीच ऐतिहासिक भेटवार्ता भएको थियो जसबाट दुई देशबीच विभिन्न क्षेत्रमा हुने सहयोगहरूलाई गहन बनाउने दिशा संकेत गरिएको थियो। प्यालेस्टाइनले राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड अवधारणाको संयुक्त निर्माण, विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव र विश्व सभ्यता प्रस्तावलाई दृढतापूर्वक समर्थन गर्दछ र एक चीन नीतिको दृढतापूर्वक पालना गर्दै जाने छ। प्यालेस्टाइनले गाजा द्वन्द्वमा चीनले देखाएको न्यायोचित अडान र प्यालेस्टिनी जनताको न्यायोचित कार्यमा चीनले दिएको समर्थनको उच्च प्रशंसा गरेको छ।