#अल्पसंख्यक जाति# विविध जातिबीचको भव्य पार्टी
2023-11-21 15:40:02CRI
Share with:

नोभेम्बर १८ तारिख राति चिनियाँ क्वी चौ प्रान्तीय जातीय पार्टी चोकमा सन् २०२३ चिनियाँ राष्ट्रको विचार सुदृढ गर्ने मुख्य विषयक कार्यक्रम अथवा क्वी चौ प्रान्तीय जातिहरूबीच भव्य पार्टीको उद्घाटन समारोह सुरू भएको छ। क्वी चौ प्रान्तका नौ शहर तथा क्षेत्रका विभिन्न जातीय वासिन्दाहरू रमाइलो रूपमा भेला भएका छन्।

चिनियाँ क्वी चौ प्रान्त बहुजातीय बसोबास क्षेत्र हो। त्यहाँ चीनका पूरै ५६ जातिहरू बस्तछन्। त्यसमध्ये हान, म्याउ, पुयी, तुङ, थुच्या, यी, श्वी, पाइ, याउ, च्वाङ, श, माउ नान लगायत १८ जातीहरू युगौंयुगदेखि क्वी चौ क्षेत्रमा बस्दै आइरहेका छन्। क्वी चौ प्रान्तमा ३ वटा जातीय स्वायत्त प्रिफेक्चर, ११वटा जातीय स्वायत्त जिल्ला र २५३ जातीय बस्ती छन्। हजारौं वर्षयता विभिन्न जातिहरूले मेलमिलापका साथ सहअस्तित्व कायम राखेर रंगीविरंगी जातीय सँस्कृतिको निर्माण गर्दैआएका छन्। १८ तारिख राति आयोजित उक्त विविध जातिबीचको भव्य पार्टीले विविध जातीय सँस्कृति देखाएको छ। 

यो कार्यक्रममा १८ तारिखको जातीय भव्य समारोह र १९ तारिख जातीय कार्निवल दुइ भाग समेटिएका छन्।  जातीय भव्य समारोह जातीय साँस्कृति प्रदर्शन हो। र जातीय कार्निवल “कलाको सुन्दरता, शिल्पको सुन्दरता र खेलको सुन्दरता”लगायत तीन विषयमाथि लक्षित रहेको छ।

१९ तारिख “जातीय विशेषतायुक्त गाउँबस्तिको पर्यटनबाट जातिबीचको आदानप्रदान तथा सम्पर्क घच्घच्याउने” शीर्षकको मञ्च पनि क्वी चौ प्रान्तीय छ्यान तुङनान म्याउ जाति तथा तुङ जाति स्वायत्त प्रिफेक्चरमा आयोजित भएको छ। 

चिनियाँ पर्यटन अनुसन्धान, क्वी चौ प्रान्तीय सामाजिक विज्ञान संकाय, छिङह्वा विश्वविद्यालय, केन्द्रिय जातीय विश्वविद्यालय,  क्वी चौ प्रान्तीय जाति तथा धर्म मामिला समितिलगायत विभिन्न पक्षका ५०जना गन्यमान्य व्यक्तिहरू अनलाइन तथा अफलाइनमार्फत् मञ्चमा सहभागी भएका थिए।

 

मञ्चमा भाग लिने विद्वानहरूले जातीय विशेषतायुक्त गाउँबस्तिको पर्यटन प्रवर्द्धन, जातीय क्षेत्रमा जातीय एकतासम्बन्धी थिंक टयांकको निर्माण, जातीय विशेषतायुक्त महोत्सव लगायत विषयबारे छलफल गरेका छन्। केन्द्रिय जातीय विश्वविद्यालयका प्रोफेसर छी छिङयुले चीनका विभिन्न जातिहरूबीचको आदानप्रदान र सम्पर्क ज्यादै घनिष्ट भएको ठहर गर्नुभयो। क्वाङ चौ विश्वविद्यालयका प्रोफेसर चाङ ह छिङले सीच्याङ म्याउ जातीय गाउँबस्ती जातीय पर्यटनको नमूना हुनुका साथै पर्यटनबाट जातिबीच आदानप्रदान तथा सम्पर्क घच्घच्याइने नमूना भएको बताउनुभएको छ। क्वी चौ वित्त विश्वविद्यालयका प्रोफेसर याङ चिनह्वाको विचारमा महोत्सव सँस्कृति चीन सँस्कृतिको आधार हो। परम्परागत महोत्सवको गहिरो अनुसन्धान गर्नुपर्छ। 

साथीहरू, मैले क्वी चौ प्रान्तको यात्रा गरेकी छैन। यदि तपाईंलाई पनि चासो लागेमा हामी सँगसँग त्यहाँ विविध जातीय सँस्कृतिको अनुभव गर्नजाऔं।