चिनियाँ प्रधानमन्त्री ली छ्याङद्वारा अल्जेरियाका नयाँ प्रधानमन्त्री लार्बौईलाई टेलिफोनमार्फत् बधाई सन्देश
2023-11-22 15:14:48CRI
Share with:

नोभेम्बर २० तारिख, चीनका प्रधानमन्त्री ली छ्याङले मोहम्मद नादिर लार्बौईलाई जन लोकतान्त्रिक गणतन्त्र अल्जेरियाका प्रधानमन्त्री नियुक्त हुनु भएकोमा टेलिफोनमार्फत् बधाई व्यक्त गर्नुभएको छ।

सो क्रममा, ली छ्याङले चीन र अल्जेरिया परम्परागत गहन मित्र भएको भन्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा दुई पक्षीय सम्बन्ध दिगो, स्वस्थ र स्थिर विकास भइरहेको र विभिन्न क्षेत्रका आदानप्रदानहरू र सहकार्यहरूबाट फलदायक नतिजाहरू प्राप्त भएको बताउनुभएको छ।

 

उहाँले भन्नुभयो, ‘गत जुलाई महिनामा राष्ट्रपति अबदेलमाजित तेब्बौनले सफलतापूर्वक चीनको राष्ट्रिय भ्रमण गर्नुभएको छ। दुवै राज्यका प्रमुखबीच फलदायक आदानप्रदान तथा महत्त्वपूर्ण सहमतिहरू भएका छन् जसले दुई देशबीचको सम्बन्धको विकासको दिशालाई नयाँ गति प्रदान गरेको छ। चीन सरकारले दुई देशबीचको सम्बन्धको विकासलाई उच्च मूल्याङ्कन गरेको छ।’

उहाँले भन्नुभयो, ‘दुई देशका प्रमुखबीच हासिल भएका महत्त्वपूर्ण सहमतिहरूलाई कार्यान्वयन गर्न, दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई निरन्तर सुदृढ पार्न, व्यावहारिक सहयोगलाई गहन बनाउन र दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको बृहत्तर विकासको प्रवर्द्धन गर्न तपाईँसँग काम गर्ने इच्छा छ।’