संघर्षरत प्यालेष्टाइन र इजरेल बीच अस्थायी युद्धविरामको चीनद्वारा स्वागत
2023-11-22 16:23:02cri
Share with:

यस पटक प्यालेष्टाइन र इजरेलबीच द्वन्द्व भएयता, चीनले युद्धविराम गर्न लगातार आह्वान गरेको छ र परिस्थितिलाई लचिलो पार्न तथा सर्वसाधारणको संरक्षण गर्ने मानविय उद्धार गर्न अथक प्रयास गरेको छ।

सम्बद्ध पक्षहरूबीच अस्थायी युद्धविराम भएकोमा चीनले स्वागत गरेको छ जसबाट मानवीय संकट तथा तनावपूर्ण परिस्थितिलाई लचिलो पार्न सहयोगी हुने आशा पनि चीनले लिएको छ।

नोभेम्बर २२ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले सम्बद्ध प्रश्नको जवाफ दिँदै उक्त कुरा भन्नुभएको हो।