इजरायलको मन्त्रीपरिषद्द्वारा हमाससँग अस्थायी युद्ध विराम सम्झौतामा हस्ताक्षर गर्ने स्वीकार
2023-11-22 15:02:30cri
Share with:

 

इजरायलको सञ्चार माध्यमका अनुसार, इजरायलको मन्त्रीपरिषद्ले स्थानीय समय अनुसार नोभेम्बर २२ तारिख बिहान सबेरै हमाससँग अस्थायी युद्ध विराम सम्झौतामा हस्ताक्षर गर्न स्वीकार गरेको छ। यस सम्झौताका अनुसार, दुई पक्षले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरु रिहा गर्ने छन्।

 

इजरायली सञ्चार माध्यमले इजरायल सरकारलाई उद्धृत गर्दै उक्त सम्झौताको पालना नोभेम्बर २३ तारिख हुनसक्ने जनाएको छ। हमासले ४ दिने युद्ध विरामको अवधिमा बन्धक बनाएका ५० जना महिला तथा बाल-बालिकाहरु रिहा गर्ने छ भने इजरायलले करिब १५० जना प्यालेष्टिनी महिला तथा बाल-बालिकाहरु रिहा गर्ने छ।

 

प्राप्त सुचना अनुसार, ४ दिने युद्ध विरामको अवधि लम्बाइने सम्भावना छ।