चिनियाँ कथा धेरै भन्दा धेरै मानिसलाई सुनाउन योग्य - मलेसियाका उप-प्रधानमन्त्री
2023-11-22 14:59:12cri
Share with:

 चीन भ्रमणमा रहनुभएका मलेसियाका उप-प्रधानमन्त्री फादिलाह युसोफले चिनियाँ कथा धेरै भन्दा धेरै मानिसलाई सुनाउन योग्य रहेको बताउँदै यसबाट विभिन्न मुलुकहरुको संयुक्त विकास तथा साझा समृद्धि गर्नसकिने व्यक्त गर्नुभएको छ।

 

फादिलाहले नोभेम्बर १८ तारिख पैचिङमा चाइना मिडिया ग्रुपलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। उहाँले चीन एउटा विशाल मुलुक भएको भन्दै चीनका विविध जातिको विविध संस्कृति रहे तापनि सबै चिनियाँहरुले राष्ट्रिय विकास तथा जन जीवनको हित-कल्याणमा दिएको समर्थनलाई अरु बढी देशहरुमा सुनाउन लायक रहेको व्यक्त गर्नुभयो।

 

फादिलाहले विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनको विकास र विशेष गरी चीनले उच्च विज्ञान तथा प्रविधिमार्फत अन्नबालीको उत्पादन मात्रा बढाएको कुराबाट आश्चर्यचकित भएको पनि व्यक्त गर्नुभयो।