चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ब्रिक्स मुलुक राष्ट्रनायक प्यालेस्टाइन र इजराइल समस्यासम्बन्धी विशेष भिडियो शिखर सम्मेलनमा सहभागी
2023-11-22 09:32:56CRI
Share with:

नोभेम्बर २१ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स मुलुक राष्ट्रनायक प्यालेस्टाइन र इजराइल समस्यासम्बन्धी विशेष भिडियो शिखर सम्मेलनमा भाग लिएर युद्ध विराम ह्वान गर्ने, दिगो शान्ति र सुरक्षा साकार तुल्याउने शीर्षकमा सम्बोधन गर्नुभएको छ।

उहाँले यस पटकको सम्मेलन ब्रिक्सको सदस्यताला विस्तृत पारेपछिको पहिलो सम्मेलन भएको औँल्याउँदै हाल ब्रिक्स मुलुकले प्यालेस्टाइन र इजराइल समस्याबारे निष्ठापूर्वक तथा शान्तिपूर्ण वाज उठाउनु वश्यक रहेको बताउनुभएको छ। गाजा क्षेत्रको द्वन्द्व एक महिना बढी भएबाट धेरै सर्वसाधारणको मृत्यु र घाइतेको संख्या पनि धेरै भएकोले चीनले यसप्रति गहिरोरूपमा ध्यान दिएको व्यक्त गर्नुभएको छ। 

उहाँले भन्नुभयो, अहिले जरूरी कुरा के हो भने, पहिलो, द्वन्द्व भएका विभिन्न पक्षसँग युद्ध विरामकालागि आह्वान गर्ने, कुनै पनि सर्वसाधारण लक्षित हिंसात्मक आक्रमणलाई रोक्नुपर्ने, अझ गम्भीर मानवीय प्रकोपबाट बचाउनुपर्ने, दोस्रोमा, मानववादी उद्धार च्यानलको सुरक्षा र सञ्चालनको प्रत्याभूति गर्नुपर्ने र तेस्रो, अन्तर्राष्ट्रिय समाजले वास्तविक कदम चालेर द्वन्द्व विस्तार हुने सम्भावनाको प्रतिरोध गर्नुपर्ने छ।