जी २० नेताहरूको भिडियो शिखर सम्मेलनमा चिनियाँ प्रधानमन्त्रीको सम्बोधन
2023-11-23 10:37:19CRI
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले नोभेम्बर २२ तारिख जी २० नेताहरूको भिडियो शिखर सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

प्रधानमन्त्री लीले वर्तमान विश्वमा जी २० मुलुकहरूको भूमिकाबारे चर्चा गर्दै भन्नुभयोः विश्व आर्थिक पुनरुत्थानको वर्तमान बाटो अझै कठिन छ। जी २० का सदस्य राष्ट्रहरु विश्व र क्षेत्रका प्रमुख देशहरु भएकाले प्रमुख देशको रुपमा अनुकरणीय भूमिका खेल्नुपर्दछ। चीनले खुला र समावेशी रूपमा विभिन्न पक्षसँग मिलेर विश्व आर्थिक पुनरुत्थान र विश्वव्यापी विकास र समृद्धिमा अझ ठूलो योगदान गर्ने आशा लिएको पनि लीले जनाउनुभयो।

प्राप्त जानकारी अनुसार, उक्त सम्मेलनमा जी २० का सदस्य राष्ट्रका नेतागण, अतिथि राष्ट्रका नेतालगायत सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिको सहभागिता थियो। चालू वर्षको जी २० सम्मेलनको अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको हो।

सो सम्मेलनमा विश्वसामु विभिन्न चुनौतीहरू देखा परिरहेकाले जी २० का सदस्य राष्ट्रहरूले ऐक्यबद्ध भएर बहुपक्षीयताको कार्यन्वयन गर्नुपर्ने सदस्य मुलुकका नेताहरूले जनाउनुभयो। यसै क्रममा जलवायु परिवर्तन, डिजिटल अर्थव्यवस्था, हरित विकास र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा हुने सहयोगलाई गहन पार्दै विश्वव्यापी आर्थिक व्यवस्थापन प्रणालीको सुधारलाई अघि बढाउनुपर्छ। साथै विकासोन्मुख मुलुकहरूलाई दिने समर्थन तथा सहयोगलाई सुदृढ पार्न सहभागी नेताहरूले जोड दिएका छन् जसबाट अझ सुदृढ, समावेशी र दिगो विकास हुने विश्वास व्यक्त गरिएको छ।