लाइबेरियाको नवनिर्वाचित राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सीबाट बधाई सन्देश
2023-11-23 11:10:13CRI
Share with:

नोभेम्बर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जोसेफ निउमाह बोआकाईलाई फोन गरी लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयोः 'तपाईँको सहजीकरणमा लाइबेरियाका विभिन्न क्षेत्र एक चीन सिद्धान्तको पालना गर्ने विषयमा सहमतिमा पुगेका छन् र चीनले यसको प्रशंसा गर्दछ।

चीन-लाइबेरिया सम्बन्धको विकासमा उच्च महत्व दिँदै दुई देशबीचको मित्रता र पारस्परिक विश्वासलाई गहन पार्नुका साथै पारस्परिक लाभदायी सहयोगलाई सुदृढ पारेर दुई देशका जनताको हित कल्याण सिर्जना गर्दै जाने इच्छा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।