सी चिनफिङद्वारा अर्जेन्टिनाको राष्ट्रपति पदमा निर्वाचित माइलीलाई बधाई सन्देश
2023-11-23 11:07:45CRI
Share with:

नोभेम्बर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जेभियर माइलीलाई अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा फोन गरेर बधाई दिनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अर्जेन्टिना दुवै ठूला विकासोन्मुख मुलुक र महत्वपूर्ण उदीयमान बजारमूलक मुलुक भएको औँल्याउनुभएको छ।  चीन-अर्जेन्टिना सम्बन्धको विकासमा ठूलो महत्व दिँदै पारस्परिक मित्रताको निरन्तरता दिन, जीत-जीत सहकार्यमार्फत् आ–आफ्ना देशको विकास र पुनरूत्थानलाई अघि बढाउने आशा सीले व्यक्त गर्नुभयो। साथै उहाँले नवनिर्वाचित राष्ट्रपति माइलीसँग मिलेर आपसी सम्बन्धको स्थिर र दीर्घकालीन विकासलाई बढाउन तथा दुई देशका जनताको हित कल्याण सिर्जना गर्ने इच्छा पनि सीले गर्नुभयो।