दोस्रो विश्व डिजिटल व्यापार एक्स्पोलाई चिनियाँ राष्ट्राध्यक्ष सीबाट बधाई सन्देश
2023-11-23 10:50:35CRI
Share with:

नोभेम्बर २३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो विश्व डिजिटल व्यापार एक्स्पोलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सी चिनफिङले जोड दिँदै भन्नुभयोः वर्तमान विश्वमा डिजिटल व्यापार फस्टाउँदै गइरहेको छ र अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आकर्षण बनेको छ। केही वर्षयता, चीन सक्रिय रूपमा उच्च-मानक मानिने अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूसँग जोडेको छ र डिजिटल व्यापार व्यवस्थापनको पूर्ण प्रणालीको स्थापना गरेको छ। डिजिटल व्यापारको सुधार, नवीनता र विकासलाई बढाइरहेको छ। साथै चीनको नयाँ विकासबाट विश्वका लागि निरन्तर नयाँ अवसरहरू प्रदान गरिएको छ। विभिन्न पक्षहरूले डिजिटल व्यापारलाई साझा विकासको नयाँ इन्जिन बनाएर विश्व आर्थिक वृद्धिमा नयाँ जीवन्त शक्ति थप्न सँगसँगै काम गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

सोही दिन दोस्रो विश्व डिजिटल व्यापार एक्स्पो चच्याङ प्रान्तीय हाङचौमा शुरू भएको छ। "डिजिटल व्यापारबाट विश्वलाई जोड्ने" भन्ने मुख्य विषयसूची रहेको उक्त एक्स्पो चच्याङ प्रान्तीय सरकार र वाणिज्य विभागको  सह-आयोजनामा गरिएको हो।