चीनद्वारा “संयुक्त बेल्ट एण्ड रोडको निर्माण” सम्बन्धी भावी १० वर्षको विकास अभिलाषा शीर्षकको प्रतिवेदन जारी
2023-11-24 10:48:01CRI
Share with:

बेल्ट एण्ड रोडको निर्माण कार्यलाई प्रबर्द्धन गर्ने निर्देशनालयले २४ तारिख दृढताका साथ “संयुक्त बेल्ट एण्ड रोडको निर्माण” को उच्च गुणस्तरीय विकासलाई गहन रूपमा अघि बढाउने अभिलाषा तथा गतिविधि अर्थात्  “संयुक्त बेल्ट एण्ड रोडको निर्माण” सम्बन्धी भावी १० वर्षको विकास अभिलाषा शीर्षकमा रहेको एक अनुसन्धान प्रतिवेदनलाई जारी गरेको छ। त्यस प्रतिवेदनले आगामी १० वर्षभित्र उच्च गुणस्तरीय रूपमा संयुक्त बेल्ट एण्ड रोडको निर्माण गर्ने अभिलाषा र वास्तविक गतिविधि पनि प्रस्तुत गरेको छ।

 

उक्त प्रतिवेदनमा झण्डै १३ हजार अक्षर छन्। त्यसलाई जम्मा ५ भागमा विभाजन गरिएको छ। ती ५ भाग यस प्रकार छन्: एक, बितेका १० वर्षयता संयुक्त बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी उपलब्धि र अनुभव। दुई, भावी १० वर्ष संयुक्त बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी समष्टिगत कल्पना। तीन, भावी १० वर्ष विकास गरिने महत्वपूर्ण क्षेत्र र दिशा। चार, भावी १० वर्षको विकास बाटो र कदम। पाँच, भावी १० वर्ष विकासको अभिलाषा।