चीनका उप प्रधानमन्त्रीले कजाखस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्न
2023-11-24 19:40:22cri
Share with:

कजाखस्तानका प्रथम उपप्रधानमन्त्री र तुर्कमेनिस्तानका उपप्रधान तथा विदेशमन्त्रीको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक आयोगको स्थायी समितिका सदस्य एवम् राज्य परिषद्का उपप्रधानमन्त्री तिङ स्वेस्याङले नोभेम्बर २६-३० सम्म कजाखस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नुहुने छ र चीन-कजाकिस्तान सहयोग समितिको ११औँ सम्मेलन तथा चीन-तुर्कमेनिस्तान सहयोग समितिको छैटौँ सम्मेलनमा भाग लिनुहुने छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नोभेम्बर २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको हो।