श्रीलङ्काको वर्तमान कठिनाइहरू र ऋणको बोझलाई लचिलो पार्न चीनले सक्रिय भूमिका निर्वाह गर्दै जाने
2023-11-24 16:52:06cri
Share with:

नोभेम्बर २४ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले आयोजित नियमित पत्रकार सम्मेलनमा आयात निर्यात बैंक अफ चाइना र श्रीलङ्काबीच भएको ऋण पुनर्संरचनाबारे सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

माउ निङले यसरी भन्नुभयो, प्राप्त जानकारी अनुसार, आयात निर्यात बैंक अफ चाइना एक आधिकारिक ऋणदाताको रूपमा, चीनसँग सम्बन्धित ऋणको समाधानमा श्रीलङ्कासँग प्रारम्भिक सम्झौतामा पुगेको छ। चिनियाँ वित्तीय संस्थाहरूले श्रीलङ्कासँग सक्रिय रूपमा वार्ता गर्न चीनले समर्थन दिँदै जाने छ। साथै अन्य ऋणदाताहरूसँग मैत्रीपूर्ण सम्पर्क कायम राख्दै संयुक्त रूपमा श्रीलङ्काको वर्तमान कठिनाइहरूको सामना गर्न, ऋणको बोझ लचिलो पार्न तथा दिगो विकासको कार्यान्वयन गर्न सकारात्मक भूमिका निर्वाह गर्दै जाने छ।