चाइना मिडिया ग्रूपमा राष्ट्रिय आपतकालीन प्रसारण केन्द्रको थालनी
2023-11-24 17:05:52cri
Share with:

नोभेम्बर २४ तारिख, चाइना मिडिया ग्रूपमा राष्ट्रिय आपतकालीन प्रसारण केन्द्रको कार्य प्रणालीको अनावरण तथा सबै मिडिया फ्ल्याटफर्ममा देशभरि सुरक्षा खुला कक्षा प्रसारण शुभारम्भ गरिएको छ। चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङले उक्त समारोहमा सम्बोधन गर्नुभयो। साथै उहाँले प्रसारण केन्द्रको कार्य प्रणालीको अनावरण गर्नुभयो। उहाँले संयुक्त रूपमा आपतकालीन व्यवस्थापन उपमन्त्री सोङ युआनमिङ लगायतका व्यक्तिहरूसँगै सबै मिडिया फ्ल्याटफर्ममा राष्ट्रिय सुरक्षा कक्षा प्रसारणको शुभारम्भ पनि गर्नुभयो।

नयाँ राष्ट्रिय आपतकालीन प्रसारण केन्द्रको कार्य संयन्त्रमा चाइना मिडिया ग्रूपले स्मार्ट मिडिया प्रविधिद्वारा पूर्व चेतावनी सूचना, आपतकालीन समाचार, आपतकालीन विज्ञान र अन्य प्लेटफर्महरूको सञ्चार क्षमताहरू "एक-क्लिक अपग्रेड" गर्न प्रदान गरिनेछ। जसबाट आपतकालीन सूचना प्रसारणको गति र सटिकतामा थप सुधार गरिनुका साथै सर्वसाधारणका लागि अधिक कुशल र व्यावहारिक आपतकालीन सूचना सार्वजनिक सेवाहरू पनि प्रदान गरिने छ।

प्राप्त जानकारी अनुसार, राष्ट्रिय आपतकालीन प्रसारण केन्द्रको नयाँ कार्य प्रणालीमा समाज तथा जीवनका विभिन्न क्षेत्रहरूबाट आपतकालीन शक्तिहरूलाई जोडिएको छ।