ब्राजिलियन रेनाटोका आँखामा चीन
2023-11-24 10:17:22cri
Share with:

 

रेनाटोको चिनियाँ नाम रन थु हो। उनी ब्राजिलको सान पाउलो राज्यबाट आएका हुन्। सन् २०१० मा उनले अधिवक्ताको कामबाट राजीनामा दिए र चीन आए। उनले व्हा चुङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सार्वजनिक व्यवस्थापनको मास्टर डिग्रीको अध्ययन गरे। उनले चीन कसरी तीव्र रुपमा विकास भएको हेर्ने आशा लिएका छन्। उनी भन्छन्

 “म सपना साकार तुल्याउन चीन आएको हुँ। चीनको विकासले दिगो विकास र सामाजिक विकास क्षेत्रमा ब्राजिलमा सुधार ल्याउन मद्दत गर्नसक्छ, ब्राजिललाई तीव्र रुपमा विकास गर्न सहयोग गर्नसक्छ र दुई मुलुकको सम्बन्धको प्रगतिमा मद्दत दिनसक्छ।”

 

सन् २०१३ मा रेनाटोले मास्टर डिग्रीबाट स्नातक भएपछि व्हा चुङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट ब्राजिलको मिनास गेरास राज्य विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण टोली पठाउन सहयोग गरेका थिए। त्यसको एक वर्षपछि उनले व्हा चुङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पी.एच.डी. डिग्री पढ्न थालेका थिए। साथै उनले वुहान शहरमा शिक्षाको अनुसन्धान र परामर्श कार्य पनि थालेका थिए। विश्वका धेरै ठाउँहरूको भ्रमण गरेका उनलाई वुहान शहर सबैभन्दा मनपर्ने ठाउँ हो। उनी भन्छन् “वुहान मेरो जीवन हो। म यहाँ बसेको तेह्र वर्ष भइसकेको छ। मेरो विचारमा वुहानको बसाइ निकै सुविधाजनक छ। वुहान राम्रो ठाउँ हो। वुहानमा विभिन्न क्षेत्रबाट आएका मानिस छन्। मैले अरु धेरैलाई भन्ने गरेको छु, तपाईँ चीनबारे जानकारी लिने हो भने वुहान जानुहोस्। वुहान शहरमा धेरै विश्वविद्यालयहरू छन्। वुहान युवायुवतीलाई सुहाउने शहर पनि हो। वुहानमा रेल र द्रुत गतिका रेल धेरै छन्।”

 

रेनाटोकाअनुसार, वुहानले उनलाई परिवारजस्तै महसूस दिलाएको छ। हाल उनी केही वुहानको शैलीमा बोल्नसक्छन्। अध्ययन गर्न वुहान आउँदा शुरूमा रेनाटोले एक वाक्य नारा देखेका थिए। यो नारा यस्तो छ, “प्रतिदिन वुहान फरक छ।” रेनाटोको विचारमा यो नारा ठीक छ, वुहान मात्र नभई चीनभरि ठूलो परिवर्तन भएको छ। विगत दश वर्षमा उनी चीनमा भएको परिवर्तनको साक्षी बनेका छन्। उनी भन्छन् “पहिले चीनमा प्रदूषण गम्भीर थियो। हाल चीनका सबै ठाउँहरू जाँदा आकाश निलो छ। चीन अझै राम्रो बन्दैछ। हाल चीनको विज्ञान तथा प्रविधि क्षेत्रको पनि विकास हुँदैछ।”