गाजा क्षेत्रमा युद्धविराम सम्झौता शुरू
2023-11-24 14:51:50CRI
Share with:

 

स्थानीय समय अनुसार २४ तारिख सबेरै ७ बजे प्यालेष्टाइनी इस्लामिक प्रतिरोधी आन्दोलन हमास तथा इजरायल बीच गाजा क्षेत्रको युद्धविराम सम्झौता औपचारिक रूपमा शुरू भएको छ। युद्धविरामको अवधि ४ दिनसम्म रहने छ।

 

स्थानीय मिडियाका अनुसार, युद्धविराम सम्झौता शुरू हुनुअघिका केही घण्टासम्म गाजा क्षेत्र नजिकको इजरायली शहरमाथि रकेट बम प्रहार गर्नुका साथै इजरायली राष्ट्रिय प्रतिरक्षा सेनाले गाजा क्षेत्रमाथि भयङ्कर हवाइ आक्रमण गरेको थियो।

 

स्थानीय समय अनुसार २४ तारिख अपरान्ह ४ बजे १३ जना इजरायली बन्धकलाई गाजा क्षेत्रबाट रिहा गरिएको छ भने इजरायलले प्यालेष्टाइनी बन्धकलाई पनि रिहा गर्ने छ। आगामी ४ दिनभित्र कम्तिमा ५० जना इजरायली महिला र बाल-बालिका तथा १५० जना प्यालेष्टाइनी कैदीलाई रिहा गर्ने योजना छ।