दोस्रो विश्व डिजिटल एक्स्पोबाट सिर्जनात्मक जीवन्त शक्ति निकाल्ने
2023-11-24 10:32:14CRI
Share with:

हाल, दोस्रो विश्व डिजिटल एक्स्पो चीनको चच्याङ प्रान्तको हाङचौ सहरमा जारी छ। यो चीनको एकमात्रै डिजिटल व्यापार केन्द्रित राष्ट्रिय स्तरीय अन्तर्राष्ट्रिय विशेष एक्स्पो हो। 

यो एक्स्पो नोभेम्बर २३ तारिखदेखि २७ तारिखसम्म चल्ने छ। एक्स्पोको नारा डिजिटल व्यपार विश्वव्यापी फैलिने छ र एक्स्पोको कूल क्षेत्रफल १ लाख वर्गमिटर पुगेको छ। चीनका ३१ वटा प्रान्त तथा हङकङ, मकाउ र थाइवान क्षेत्रले भाग लिनुका साथै ६८ वटा अन्तर्राष्ट्रिय संगठन र वाणिज्य संघ, चीनका लागि ६३ वटा मुलुक र क्षेत्रका राजदूतावासका पदाधिकारी र सरकारी पदाधिकारीले एक्स्पोमा सहभागिता जनाउने छन्। 

यस एक्स्पोमा थ्रिडी डिजिटल प्रदर्शन स्पेसको स्थापना गरी एक्स्पोको दृश्यला अनलाइनमा राखिएकाले जान नपाएका दर्शकहरूले समेत अनलाइनमार्फत् एक्स्पोको अवलोकन गर्न सक्ने छन्।