बीआरआईबाट चीन-उरूग्वे सहयोगमा नयाँ मौका प्रदान गरिँदैः उरुग्वेका राष्ट्रपति
2023-11-25 17:07:35cri
Share with:

उरुग्वेका राष्ट्रपति लुइस अल्बर्टो लाकालेले नोभेम्बर २०-२४ सम्म चीनको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमणताका चाइना मिडिया ग्रूपसँग उहाँले अन्तर्वार्ता दिनुभयो।

बितेका वर्षहरूमा उरूग्वेको लागि चीन सबभन्दा ठूलो व्यापारिक साझेदार हो। सन् २०२२मा उरूग्वेबाट चीनलाई निर्यात सामानमा संलग्न रकमले इतिहासमा नयाँ रेकर्ड बनाएको छ। चीन-उरूग्वे सम्बन्धको विकासबारे चर्चा गर्दै उरूग्वेका राष्ट्रपति लाकालेले यसरी भन्नुभयो, ‘चीनसँगको सहयोगलाई गहन पार्दै जाने सहमति उरूग्वेका जनता होस वा राजनैतिक क्षेत्रका व्यक्तित्वहरूमा छ। चीन सरकारले बेल्ट एण्ड रोड अवधारणालाई अघि बढाउने सहयोगका नयाँ मौकाहरू पाउने हाम्रो आशा छ।’

उरूग्वे बीआरआईमा सबभन्दा पहिले संलग्न मुलुकहरूमध्येको एक हो। यसबाट उरूग्वेमा ल्याइएका परिवर्तनबारे जानकारी दिँदै राष्ट्रपति लाकालेले निर्यात तथा आपसी राजनैतिक एवम् व्यापारिक सम्बन्धलाई बढाउने सन्दर्भमा बीआरआईले निकै सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो।  बितेका १० वर्षमा उरूग्वेमा फरक फरक सरकार रहेतापनि एउटै अपेक्षा लिँदै आएको छ भन्दै उहाँले थप्नुभयो, ‘मुलुक-मुलुकबीच विभिन्नताको मान्यता दिँदा हामीले एक अर्काको विश्वास गर्ने सहयोगात्मक सम्बन्ध कायम राखिरहेका छौं जुन हाम्रो दुई देश बीचको सम्बन्धको आधार नै हो।’