चिनियाँ तथा फ्रान्सेली परराष्ट्र मन्त्रीबीच भेट वार्ता
2023-11-25 16:47:17cri
Share with:

नोभेम्बर २४ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजैतिक आयोगका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा चीन भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथरीन कोलोन्नासँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा परराष्ट्र मन्त्री वाङले आपसी सम्बन्धबारे चर्चा गर्दै इतिहासको नयाँ बिन्दुमा उभिएर चीनले फ्रान्ससँगै मिलेर पारस्परिक चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई अझ बलियो र जीवन्त शक्तिले भरिपूर्ण बनाउने इच्छा लिएको बताउनुभयो। चीन-फ्रान्स सहयोग विश्वको अग्र स्थानमा पुर्याउन सकिने आशा गर्दै मन्त्री वाङले यूरोपेली संघको ठूलो सदस्यको रूपमा फ्रान्सले चीन-यूरोप सम्बन्धको स्वस्थ, स्थिर विकासको लागि निरन्तर रूपमा रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो।

सो भेटवार्तामा फ्रान्सेली विदेश मन्त्री कोलोन्नाले आउने वर्ष चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको मौका पारी आर्थिक, व्यापारिक, विज्ञान तथा प्रविधि, कृषि, पर्यटन, उड्डयन तथा आन्तरिक्ष एवम् एआई क्षेत्रमा हुने आपसी सहयोगलाई गहन पार्ने इच्छा फ्रान्सले लिएको पनि पुष्टि गर्नुभयो।