चीन–फ्रान्स उच्चस्तरीय मानवीय आदानप्रदान संयन्त्रको छैटौँ सम्मेलन पैचिङमा आयोजित
2023-11-25 16:48:17cri
Share with:

नोभेम्बर २४ चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोन्नाले पैचिङमा आयोजित चीन–फ्रान्स उच्चस्तरीय मानवीय आदानप्रदान संयन्त्रको छैटौँ सम्मेलनको सह–अध्यक्षता गर्नुभयो। चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव र संस्कृति तथा पर्यटन वर्षमा दुई देशबीचको मानवीय तथा सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन गरी अझ ठुलो जीवन्त शक्ति सिर्जना गर्ने र अझ धेरै उपलब्धि हासिल गर्न दुवै पक्ष सहमत भएका छन्।

उक्त सम्मेलनपछि दुवै देशका परराष्ट्रमन्त्रीहरू शिक्षा तथा वैज्ञानिक अनुसन्धान, सांस्कृतिक, पर्यटन, स्वास्थ्य लगायत अन्य क्षेत्रमा हुने सहयोग दस्तावेजमा हस्ताक्षर समारोहमा साक्षी बस्नुभयो। सो अवसरमा सन् २०२४मा चीन–फ्रान्स उच्चस्तरीय मानवीय आदानप्रदान गतिविधिको सूची पनि सार्वजनिक गरिएको छ। साथै मन्त्रीहरूले चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव एवम् चीन–फ्रान्स संस्कृति तथा पर्यटन वर्षको लोगो अनावरण समारोहमा पनि भाग लिनुभयो। यसका अतिरिक्त, दुवै देशका मन्त्रीहरूले चीन–फ्रान्स शताब्दी अध्ययनको फोटो प्रदर्शनीको अवलोकन गर्दै दुई देशका विद्यार्थीका प्रतिनिधिसँग वैचारिक आदानप्रदान पनि गर्नुभयो।