जाडोमा चिनियाँ जडिबुटी चिया लोकप्रिय बन्दै
2023-11-26 13:00:04CRI
Share with:

नोभेम्बर महिनामा प्रवेश भएपछि मौसम जाडो बन्दै गएको छ। चीनको पश्चिमी भागमा अवस्थित छिङहाई प्रान्तीय सदरमुकाम सी निङका बासिन्दाहरूले जाडोमा चिनियाँ जडिबुटी चिया खान थालेका छन्। केही जडिबुटी चिया पसलमा प्रति महिनामा बेचिने पेयको संख्या हजारौं कप पुगेको छ। जडिबुटी चिया लोकप्रिय बन्दै गएको देखिन्छ।