चीन र जापानका परराष्ट्र मन्त्रीबीच भेटवार्ता
2023-11-26 19:14:53cri
Share with:

स्थानीय समयअनुसार, दक्षिण कोरियाको बुसानमा भएको चीन-जापान-दक्षिण कोरियाका विदेशमन्त्रीस्तरीय सम्मेलनका क्रममा नोभेम्बर २५ मा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जापानी विदेशमन्त्री योको उइकावासँग भेटवार्ता गर्नुभएको छ।

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले आपसी सम्बन्धबारे चर्चा गर्नुपर्ने बताउनुभयो। उहाँले दुवै पक्षले पारस्परिक लाभको रणनीतिक सम्बन्धको कार्यान्वयन गर्दै सोहीअनुसारको रोडम्याप र समयतालिका तयार पार्नुका साथै रणनीतिक पारस्परिक लाभदायी सम्बन्धको पुनर्निर्माणका लागि ३ वटा आवश्यकता पनि प्रस्तुत गर्नुभएको छ।

यसका साथै उच्चस्तरीय आर्थिक संवाद र उच्चस्तरीय मानवीय आदानप्रदान परामर्श संयन्त्र बैठकको नयाँ चरणको आयोजना गर्ने सम्भावनाबारे पनि दुवै पक्षले सक्रिय रूपमा छलफल गरेका छन्। यसका अतिरिक्त, उपयुक्त समयमा चीन-जापान रणनीतिक संवाद, चीन-जापान सुरक्षा संवाद र कूटनीतिक अधिकारीहरूबीचको नियमित छलफल गर्ने बारेमा पनि दुवै पक्ष सहमत भएका छन्।

सो अवसरमा दुवै पक्षले कोरियाली प्रायद्वीपको परिस्थितिका बारेमा पनि वैचारिक आदानप्रदान गरेका छन्।