चीन र दक्षिण कोरियाका परराष्ट्रमन्त्रीहरूबीच भेटवार्ता
2023-11-26 19:06:51cri
Share with:

स्थानीय समयअनुसार, बुसानमा भएको चीन-जापान-दक्षिण कोरियाका विदेशमन्त्रीस्तरीय सम्मेलनका क्रममा, नोभेम्बर २६ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनबीच भेटवार्ता भएको छ। वार्तामा चीन-दक्षिण कोरिया रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थितिलाई निश्चित गर्दै यस दिशामा पारस्परिक सम्बन्धलाई अगाडि बढाउन इच्छुक रहेको दुवै पक्षले जनाएका छन्।

साथै दुवै पक्षले कोरियाली प्रायद्वीपको परिस्थितिका बारेमा पनि वैचारिक आदानप्रदान गरेका छन्।

सो अवसरमा उत्तरपूर्वी एसियामा चीन सधैँ एक स्थिर शक्ति रहेको र कोरियाली प्रायद्वीपको स्थितिलाई सहज बनाउन चीनले सधैं रचनात्मक भूमिका खेल्दै जाने कुरामा पनि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जोड दिनुभयो।