पहिलो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पो नोभेम्बर २८ बाट
2023-11-27 15:25:45cri
Share with:

पहिलो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पो नोभेम्बर २८ तारिखदेखि डिसेम्बर २ तारिखसम्म पैचिङमा आयोजना हुँदैछ। यो आपूर्ति श्रृंखलामा आधारित विश्वको पहिलो राष्ट्रिय स्तर प्रदर्शनी हो। आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पोको आयोजनाले विश्वव्यापी औद्योगिक आपूर्ति श्रृंखलाहरूको स्थिरता र सहजता कायम राख्ने चीनको संकल्पलाई झल्काउँछ।

 

यस एक्स्पोको मुख्य विषय "विश्वलाई जोड्ने र एक साथ भविष्य सिर्जना गर्ने" रहेको छ। एक्स्पोमा अपस्ट्रिम, मिडस्ट्रिम र डाउनस्ट्रीम आपूर्ति श्रृंखलाहरूमा मुख्य लिङ्कहरूमा नयाँ प्रविधि, नयाँ उत्पादनहरू र नयाँ सेवाहरू प्रदर्शन गर्ने ५१५ चिनियाँ र विदेशी कम्पनीहरू र संस्थाहरू सहभागी हुनेछन्।

 

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पोमा उद्घाटन समारोह र ग्लोबल आपूर्ति श्रृंखला मञ्चसहित विशेष मञ्च र सहयोगी गतिविधिहरूको श्रृंखला पनि हुने छन्। साथै "ग्लोबल आपूर्ति श्रृंखला प्रवर्द्धन रिपोर्ट" र अन्य परिणामहरू पनि जारी गर्ने छ।