आफ्नो गाडीबाट चीनको यात्रा गर्ने कोलम्बियाली भ्लगरको कथा-२
2023-11-27 10:05:59cri
Share with:

चीनमा लामो समयसम्म बसेपछि चीनबारे बाह्य क्षेत्रको जानकारी कम रहेको फर्नाण्डो बर्नलले अनुभव गर्नुभयो। त्यसैले अरु बढी विदेशीहरुले उहाँको भिडियो कार्यक्रममार्फत चीनबारे अरु बढी जानकारी लिनसक्ने अपेक्षा सहित उहाँ भिडियो भ्लगर बन्नुभयो।

 

यस पटकको यात्रामा फर्नाण्डो बर्नलले चीनबाट उत्पादित एउटा विजुली गाडी चलाउँदै हुनुहुन्छ। उहाँले सर्वप्रथम यथेष्ठ चार्जिङ प्रबन्ध भएको पूर्वी भागमा अवस्थित समुद्री तटवर्ती क्षेत्र र त्यसपछि मध्य र पश्चिमी भागको यात्रा गर्ने योजना बनाउनुभयो।

अहिले हामी रहेको सीआन शहरमा चार्जिङ स्टेशन सजिलैसँग भेट्न पाइन्छ। दुर्गम क्षेत्र जाने हो भने चाजिङ समस्याबारे हाम्रो चिन्ता छ। तथापि एक दुई वर्षपछि सिनच्याङको मरुभूमि अथवा युन नानको पहाड घुम्दा यस्तो समस्याको समाधान हुने मेरो विश्वास छ।

 

आफ्नो गाडीबाट यात्रा गर्ने कुराबाट फर्नाण्डो बर्नलले चीनको यातायात पूर्वाधारबारे चौतर्फी रुपमा जानकारी लिनुभएको छ।

चीनको द्रूत गतिको राजमार्ग निकै राम्रो छ। चीनमा गाडी चलाउँदा द्रूत गतिको राजमार्ग, सुरुङ र पूल लगायत पूर्वाधारको निर्माण एकदम राम्रो रहेको मलाई लाग्छ। मेरो मुलुकमा यस्तो पूर्वाधार भएमा कस्तो राम्रो हुनेछ। तिनीहरुले कोलम्बियामा सुधार गर्ने छन्।

 

फर्नाण्डो बर्नलले कोलम्बिया र चीनबीच पूर्वाधार सहयोग प्रबल हुने आशा गर्नुभयो, जसबाट कोलम्बियाका अरु बढी गुणस्तरीय कृषि उपजहरुले चीनमा निर्यात गर्न सक्नेछन्।

पूल तथा सुरुङ लगायत पूर्वाधार क्षेत्रमा कोलम्बियाले चीनसँग अरु बढी सहयोग गर्न सक्ने आशा मैले गरेको छु। कोलम्बियाले “बेल्ट एण्ड रोड” प्रस्तावमा सक्रियताका साथ भाग लिनुपर्ने कारण यो नै हो।