चीन जापान र गणतन्त्र कोरियाका विदेश मन्त्री बीचको भेटघाटका ३ सङ्केत
2023-11-27 19:16:25cri
Share with:

बितेका सप्ताहान्तमा चीन जापान र गणतन्त्र कोरिया तीन मुलुकका विदेश मन्त्री बीच ३ पटक द्वीपक्षीय भेटघाट हुनुका साथै एउटा त्रिपक्षीय भेटघाटको पनि आयोजना गरिएको छ। ती भेटघाटले ३ वटा सङ्केत दिइएको छ।

पहिलो, बहुपक्षीय व्यवस्थाबाट द्वीपक्षीय भेटघाटलाई प्रबर्द्धन गरिनुपर्छ। ३ वटा मुलुक बीचको सहकार्यको पुन: शुरू हुनेछ।

दोस्रो, जापान र गणतन्त्र कोरियाले रणनीतिक उचाइमा त्रिपक्षीय सहयोगात्मक व्यवस्थामा महत्व दिनुपर्छ।

तेस्रो, ३ वटा मुलुकले सक्दो प्रयासमार्फत आपसी सहकार्यमाथि आएका बाह्य प्रभावलाई हटाउने छन्।

उक्त भेटघाटमा सांस्कृतिक आदानप्रदान, विज्ञान प्रविधि, दिगो विकास, सार्वजनिक स्वास्थ्य, अर्थतन्त्र र व्यापार तथा सुरक्षा लगायत ६ वटा भावी सहकार्य हुने दिशालाई पनि निश्चित गरिएको छ।