चीनद्वारा कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि राम्रो वातावरण बनाउन आह्वान
2023-11-28 15:47:05cri
Share with:

नोभेम्बर २७ तारिख संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा कोरियाली प्रायद्वीपको स्थितिमा एक बैठकको आयोजना भएको छ। बैठकमा, संयुक्त राष्ट्र संघका लागि चीनका उप-स्थायी प्रतिनिधि कङ स्वाङले आफ्नो सम्बोधनमा अन्तर्राष्ट्रिय समुदायलाई राम्रो वातावरण सिर्जना गर्न र वार्ताको माध्यमबाट प्रायद्वीपको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।

 

कङ स्वाङले कोरियाली प्रायद्वीपमा जारी द्वन्द्व र टकरावको वर्तमान स्थिति र निरन्तर तनावप्रति चीन गहिरोरूपमा चिन्तित भएको बताउनुभयो। एकातिर अमेरिकाले प्रायद्वीपको तनावपूर्ण अवस्थालाई लिएर चिन्तित भएको दाबी गरेको छ र अर्कोतर्फ आफ्नो सैन्य गठबन्धनलाई बलियो बनाउने अवसर खोजेर आफ्ना सहयोगीहरूलाई सैन्य अभ्यासका लागि जम्मा गरेको चीनले बताएको छ। यो दृष्टिकोण प्रायद्वीपको आणविक निशस्त्रीकरण हासिल गर्ने र प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्यहरूको विपरीत छ।

 

कङ स्वाङले भन्नुभयो:“यदि अमेरिका उत्तर कोरियासँग "विनाशर्त वार्ता" गर्न साँच्चै इच्छुक छ भने, उसले दुई पक्षबीच आपसी विश्वास पुनर्निर्माण गर्नुपर्छ र उत्तर कोरियालाई आकर्षित गर्ने व्यावहारिक योजनाहरू ल्याउनु पर्छ, उत्तर कोरियासँगै वार्ता पुनः सुरु गर्नु पर्दछ।”