पाण्डा बास शान्ति मैत्री मञ्च २०२३ को आयोजना
2023-11-28 19:55:45cri
Share with:

चिनियाँ अन्तर्राष्ट्रिय मैत्री सम्पर्क समिति र चाइना मिडिया ग्रुपको संयोजकत्वमा पाण्डा बास शान्ति मैत्री मञ्च २०२३ नोभेम्बर २८ तारिख सछ्वान प्रान्तको तु च्याङ येन शहरमा आयोजना गरिएको छ। चिनियाँ अन्तर्राष्ट्रिय मैत्री सम्पर्क समितिका उपप्रमुख छङ कोफिङ र चाइना मिडिया ग्रुपका उपनिर्देशक सिङ पोले मञ्चमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

 

मैत्रीपूर्ण आवतजावत र सँगै मिलेर शान्तिको उपभोग यस मञ्चको मुख्य नारा रहेको छ। अमेरिका, इटली, बेल्जियम, कतार, मोरक्को र श्रीलङ्का लगायत मुलुकका मैत्री व्यक्तिहरू, सछ्वान प्रान्तीय पर्यावरणीय वातावरण मन्त्रालय, सछ्वान प्रान्तीय कृषि र गाउँ मन्त्रालय, सछ्वान प्रान्तीय बन व्युरो र छङ् तु शहरको मैत्री समिति आदि विभागका जिम्मेवार व्यक्तिहरू, विद्वान विशेषज्ञ र सम्बद्ध संस्थाका प्रतिनिधिहरू झण्डै २०० जनाको सो मञ्चमा सहभागिता रहेको छ।