पहिलो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पो शुरू
2023-11-28 15:43:43cri
Share with:

पहिलो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पो आज नोभेम्बर २८ तारिखबाट पैचिङमा शुरू भएको छ। यस एक्स्पोको मुख्य विषय "विश्वलाई जोड्ने र एक साथ भविष्य सिर्जना गर्ने" रहेको छ।

 

अन्तर्राष्ट्रिय प्रदर्शकहरूले यो एक्स्पोको २६% भाग ओगटेका छन्, जसमा अमेरिकी र युरोपेली कम्पनीहरूले अन्तर्राष्ट्रिय प्रदर्शकको कुल संख्याको ३६% भाग ओगटेका छन्।

 

चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका उपाध्यक्ष चाङ साउ काङले पहिलो आपूर्ति श्रृंखला प्रवर्द्धन एक्स्पोका प्रत्येक लिङ्कमा उन्नत प्रविधि र उत्पादनहरू तथा भावी विकासका प्रवृत्तिका साथै वित्त, रसद र प्लेटफर्म जस्ता सेवाहरू प्रदर्शन गरिने बताउनुभयो।

 

सो एक्स्पो नोभेम्बर २८ तारिखदेखि डिसेम्बर २ तारिखसम्म पैचिङमा आयोजना हुने छ।